गण्डकी सरकारविरुद्धको रिटमा सुनुवाइ हुँदै
काठमाडौं । गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदैछ ।
न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको इजलासमा मंगलबारदेखि सुरु भएको बहस आज पनि हुने जनाइएको छ ।
सबै पक्षको बहस सकेर सर्वोच्चले आजै फैसला सुनाउनेछ । अन्तरिम आदेश जारी गरे अधिकारी पदमुक्त हुनेछन् ।
अनि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।