सञ्जय साह मित्रद्वारा बज्जिका भाषामा लिखित ‘बुद्ध’ महाकाव्य सार्वजनिक
रौतहट । बज्जिका भाषाको पहिलो महाकाव्य सार्वजनिक भएको छ । बरिष्ठ पत्रकार, कवि तथा बज्जिका शिरोमणि सञ्जय साह मित्रद्वारा लिखित बुद्ध महाकाव्य सार्वजनिक भएको हो ।
बुद्ध जयन्तीको अवसरमा रौतहट जिल्लामा आयोजित समारोहमा महाकाव्य बुद्ध सार्वजनिक गरिएको हो । मधेश प्रदेशको तेस्रो ठूलो भाषाको मान्यता प्राप्त बज्जिकामा र्साजनिक महाकाव्यमा ५५ भाग रहेको छ । बुद्धको जीवनीमा आधारित रही रचना गरिएको महाकाव्यले बज्जिका भाषाको विकासमा महत्वपूर्ण योगदान पुग्ूने कृतिको विमोचन समारोहमा विभिन्न व्यक्तिहरु विश्वास व्यक्त गरेका छन् । साथै बज्जिका भाषीको बीचमा यसको महत्वपूर्ण अर्थ रहने धारणा वक्ताहरुको थियो ।
लेखक सञ्जय साह मित्रले हालसम्म नेपाली र बज्जिका भाषामा गरी २० कृतिहरु प्रकासन गरिसकेका छन् भने उनलाई संस्कृति, पर्यटन मन्त्रालयसहित देशका विभिन्न साहित्यिक संघसस्थाले सम्मान समेत गरेका छन् । मित्रद्वारा लिखित बज्जिका पाठ्यपुस्तक मधेश प्रदेशमा पाठ्यक्रमको रुपमा अध्ययन समेत भइरहेको छ ।
कार्यक्रममा गौर नगर प्रमुख शम्भु साह, पूर्व प्रमुख जिल्ला अधिकारी एमव् बज्जिका साहित्यकार डा. कमलेश्वरप्रसाद सिन्हा, साहित्यकार राम अविकासलगायतको उपस्थिति रहेको थियो ।