हेटौंडालाई बृहत शहरमा रुपान्तरण गरिँदै लैजाने
मकवानपुर । बागमती प्रदेश सरकारले बृहत हेटौंडा शहरका रुपमा रुपान्तरण गरिँदै लैजाने घोषणा गरेको छ ।
प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशको राजधानी हेटौंडालाई व्यवस्थित शहर विकास योजना तयार गरी बृहत हेटौंडा शहरमा रुपान्तरण गरिँदै लैजाने घोषणा गरेका हुन् ।
सोमबार प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख शर्माले यस्तो घोषणा गरेका हुन् ।