बागमती प्रदेशः सवारी चालक अनुमति पत्र प्रदेशमा छापिने

तु खबर संवाददाता
२०८१ जेष्ठ १४,सोमबार १६:४४

मकवानपुर । बागमती प्रदेश सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रदेशमा नै छपाइको व्यवस्था मिलाउने भएको छ ।

सोमबार प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख शर्माले यातायात कार्यालयको सेवालाई प्रविधि मैत्री र अनलाइन सेवाबाट सञ्चालन गरिने जानकारी गराएका हुन् ।

सार्वजनिक यातायात क्षेत्रमा नगदरहित भुक्तानी सेवा सञ्चालन गरिने उनको भनाई छ । प्रदेशभित्र औपचारिक क्षेत्रमा कार्यरत व्यक्तिलाई सामाजिक सुरक्षामा आबद्ध गराइने उनले बताए ।