बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याउने बागमती सरकारको घोषणा

तु खबर संवाददाता
२०८१ जेष्ठ १४,सोमबार १७:००

मकवानपुर । बागमती प्रदेश सरकारले बन्द उद्योगहरू पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको छ ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेश सभा बैठकमा प्रदेशको तर्फबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले प्रदेशमा स्वदेशी तथा विदेशी लगानी प्रोत्साहन गर्न नीति निर्माण गरी कार्यान्वयन गरिने बताए । प्रदेशमा लगानी प्रोत्साहन गर्न लगानी बोर्डको स्थापना गरी सञ्चालन गरिने उनले बताए ।

साथै उनले ‘एक स्थानीय तह, एक उद्योग ग्राम’ कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने व्यवस्थान मिलाइने बताए ।