एमाले चितवनको अध्यक्षमा पाठक विजयी

तु खबर संवाददाता
२०८१ जेष्ठ १६,बुधबार ०९:१२
file-photo

चितवन । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक विजयी भएका छन् । पार्टीको ११ औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा विजयी भएका हुन् ।

आज बिहान सम्पन्न मतगणनाअनुसार, उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला) मा मीनबहादुर परियार तथा उपसचिव (महिला)तर्फ ज्वाला पुरी वन निर्वाचित भएका छन् ।

मतदानमा कुल सात सय २९ मत खसेको प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीले जानकारी दिए ।

अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनीत २९ गरी जम्मा सात सय ६१ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।