‘गणतन्त्रको स्थापना नै समाजवादको आधार हो’
मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज विजय गौतमले गणतन्त्रको स्थापना नै समाजवादको आधार भएको बताएका छन् ।
नेकपा माओवादी केन्द्र राक्सिराङ्ग गाउँ कमिटीको बिस्तारित बैठक एवम् १७ औं गणतन्त्र दिवसको अबसरमा शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौतमले गणतन्त्रको रक्षा र विकासको लागि क्रान्तिकारी शक्तिहरु एक ढिक्का भएर अगाडि बढ्नुको बिकल्प नभएको बताए ।
पार्टी गाउँ कमिटी अध्यक्ष हस्तबहादुर मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक भीम पाख्रिन, सचिव वीर बहादुर घलान ‘ज्वाला’, राक्सिराङ्ग गाउँपालिका इन्चार्ज शुभरत्न गोले, बागमती प्रदेश कमिटी सचिवालय सदस्य बनस्तम थिङ्गलगायतको आतिथ्यता रहेको थियो ।
बिस्तारित बैठकले पार्टी सदस्यता वितरण र नविकरण गर्ने, नियमित गतिविधिहरु संचालन गर्ने निर्णय भएको गाउँ कमिटी अध्यक्ष मोक्तानले बताए ।