बागमती प्रदेश प्रमुख शर्मासमक्ष प्रतिवेदन पेश

तु खबर संवाददाता
२०८१ जेष्ठ १७,बिहीबार ०९:४१

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष महालेखापरीक्षक कार्यालयले  वार्षिक प्रतिवेदन पेश गरेको छ ।

महालेखापरीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०७९/०८० को आर्थिक कारोबारको लेखापरीक्षण सम्पन्न गरी तयार गरेको बागमती प्रदेशको “छैटौं वार्षिक प्रतिवेदन, २०८१” पेश गरिएको हो ।

प्रदेश प्रमुख शर्मालाई बुधबार एक कार्यक्रमबीच महालेखापरीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बिन्दु बिष्टले सो कार्यालयको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेकी हुन् ।

उप–महालेखापरीक्षक बिन्दुले धारा २९४ को उपधारा (३) र लेखा परीक्षण ऐन, २०७५ को दफा १९ को उपदफा (४) बमोजिम प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेशन पेश गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।