अत्याधिक गर्मीका कारण एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ जेष्ठ १७,बिहीबार १७:१७
सांकेतिक तस्वीर

कैलाली । कैलालीमा अत्याधिक गर्मीका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर राना मगर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय हसुलियाका अनुसार, उनी बुधबार बर्दियाबाट कैलालीको मसुरिया बजार झरेपछि मसुरियाबाट हसुलिया बजारको लागि हिँडेको से १ ख ८१० नम्बरको बसमा आमा बुवासहित सवार थिए ।

उच्च गर्मीकै बिच बसमै एकछिन आराम गर्छु भनी सुतेका उनी हसुलिया बसपार्क पुगेपछि मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको गर्मीपछि हृदयघातका कारण नै मृत्यु भएको जनाइएको छ ।