मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिबल भएसँगै उनले आज विश्वासको मत लिन लागेका हुन् ।
कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुरुप मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यको लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।