स्वास्थ्यका केही उच्च अधिकारीको सरुवा
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही विभाग र अस्पताल प्रमुखको सरुवा गरेको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यका केही उच्च अधिकारीको सरुवा गरेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा यदुचन्द्र घिमिरेलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी, आयुर्वेद विभागको निर्देशकमा डा. प्रदीप केसीलाई सरुवा गरेको छ । उनी यसभन्दा अगाडि सिंहदबार आयुर्वेद औषधालयको प्रमुखको जिम्मेवारीमा थिए ।
यस्तै, भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. कृष्ण प्रसाद पौडेललाई दिइएको छ ।