बिहानै जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
काठमाडौं । आज बिहानै जाजरकोट केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ ।
बिहान ७ बजेर ३८ मिनेटको समयमा जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्पको धकका महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो ।