एमाले सुनसरीका अध्यक्ष खनालको निधन
मोरङ । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि प्याक्रियाजको बिरामी रहेका खनालको उपचारका क्रममा भारतको हैदराबादमा निधन भएको हो ।
बिरामले च्यापेपछि थप उपचारका लागि जेठ २२ गते हैदराबाद लगिएको खनालको निधन भएको एमाले सुनसरीले जनाएको छ ।
स्व. खनाल नेकपा एमाले सुनसरीको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ गतेदेखि ७ गतेसम्म भएको अधिवेशनमा उनी अध्यक्षमा निर्वाचित भएका थिए ।