हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा भण्डारी

तु खबर संवाददाता
२०८१ जेष्ठ २५,शुक्रबार ०९:३३
file-photo

मकवानपुर । हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी नियुक्त भएका छन् । भण्डारीलाई संघीय सरकारले सिमेन्ट उद्योगको अध्यक्षमा नियुक्त गरेको हो ।

भण्डारी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ निवासी हुन् । यसअघि हेटौंडा सिमेन्ट उद्योगका अध्यक्ष गणेश प्रसाद भेटवाल रहेका थिए । भेटवालको निधन भएपछी रिक्त रहेको अध्यक्ष पदमा भण्डारीलाई नियुक्त गरिएको हो ।

३ वर्षीय कार्यकालका लागि भण्डारीलाई संघीय सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

संघीय सरकारको उद्योग, वायिाज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको अध्यक्षका लागि दरखास्त आव्हान गरेको थियो । मन्त्रालयले दरखास्त आव्हान गरेपछि ४ जनाले दरखास्त बुझाएका थिए ।

दरखास्त बुझाएकामध्ये भण्डारीसहित सञ्जीब कुमार देव र श्रीकृष्ण भद्र अर्याललाई अन्तरवार्तामा बोलाइएको थियो । जेठ १३ गते मन्त्रालयमा अन्तरवार्ता भएको थियो ।