विद्युत् प्राधिकरणलाई ११ अर्बको नाफा

तु खबर संवाददाता
२०८१ जेष्ठ २५,शुक्रबार १८:४८

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को पछिल्लो ९ महिनाको अवधिमा ११ अर्ब ६ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ ।

प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, सो अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।

प्राधिकरणले विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ । प्राधिकरणले यस अवधिमा रु ११ अर्ब छ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको जनाएको छ ।

गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु आठ अर्ब ८८ करोड थियो ।