प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

तु खबर संवाददाता
२०८१ जेष्ठ २७,आईतवार १५:५५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गरेका छन् ।

आइतबार प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।

आज बेलुका प्रधानमन्त्री मोदीको शपथ ग्रहण हुँदैछ । उक्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ दिल्लीमा प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारीहरु पनि भारत गएका छन् ।