सुरक्षित कारोबार विधेयक सर्वसम्मत पारित
काठमाडौं । राष्ट्रिय सभाको मंगलबार बसेको बैठकबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सर्वसम्मत पारित भएको छ । गत फागुन ४ गते राष्ट्रिय सभामा दर्ता भएको उक्त विधेयक पारित गरिएको हो ।
राष्ट्रिय सभाबाट पारित भएको सोे विधेयक अब प्रतिनिधि सभामा प्रस्तुत हुनेछ । विषयगत समितिमा छलफल गरेर प्रतिनिधि सभाबाट पारित हुनुपर्ने जनाइएको छ ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी असार ४ गते दिउसो १ः १५ बजे बस्ने गरी आह्वान गरिएको छ ।