७१ जिल्लामा फैलियो डेंगू संक्रमण

तु खबर संवाददाता
२०८१ जेष्ठ २९,मंगलवार १७:४०
file-photo

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले देशका ७१ जिल्लामा डेंगू संक्रमण फैलिएको जनाएको छ ।

इडीसीडी शाखाका अनुसार, ७७ जिल्लामध्ये ७१ जिल्लामा डेंगू सङ्क्रमण फैलिएको हो ।

सन् २०२४ को जनवरी महिनादेखि जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको ईडीसीडीको पछिल्लो तथ्यांकका उल्लेख छ ।

मनसुन सुरु भएसँँगै डेंगू सङ्क्रमण बढ्ने महाशाखाको भनाई छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगू फैलिने ईडीसीडीले जनाएको छ ।