उपेन्द्र यादवको राजनीतिक प्रतिवेदन पारित

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पेस गरेको राजनीतिक प्रतिवेदन पारित भएको छ ।
जनकपुरमा जारी जसपा नेपालको बन्द सत्रबाट पार्टी अध्यक्ष यादवले पेस गरेको राजनीतिक प्रतिवेशन पारित गरिएको हो ।
दोस्रो दिन बिहान १० बजेदेखि बन्दसत्र सुरु भएको थियो । बन्द सत्रमा पार्टी अध्यक्ष यादवले ३१ पन्ने राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।
८ घण्टाको बहसपछि प्रतिनिधिहरूले सुझावसहित अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवेदन पारित गरेको जनाइएको छ ।