राष्ट्रिय परिचयपत्र बनाउन शिविर संचालन गर्दै जिप्रका मकवानपुर

तु खबर संवाददाता
२०८१ जेष्ठ २९,मंगलवार १९:०९

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रिय परिचयपत्र बनाउन शिविर संचालन गर्ने भएको छ ।

प्रशासनले मंगलबार एक सूचना जारी गर्दै जिल्लाको विभिन्न पालिकामा पहिलो र दोस्रो गरी दुई टोली संचालन गर्न लागेको जानकारी गराएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थ राज चिलुवालले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने वृद्धवृद्धालाई लक्षित गरी उक्त शिविर संचालन गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार, हेटौंडा उपमहानगरपालिका बाहे्क जिल्लाको एक थाहा नगरपालिका र आठ गाउँपालिकामा शिविर संचालन हुनेछ ।