एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित
![](https://www.tukhabar.com/wp-content/uploads/2024/06/rajan-bhurtel_kabhre-e1718251663733.jpg)
काभ्रे । नेकपा एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल निर्वाचित भएका छन् । बुधबार अबेर सम्पन्न मतदानपछिको मतपरिणाम अनुसार भुर्तेत अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका अर्का प्रत्याशी रहेका चन्द्रबहादुर लामालाई पराजित गर्दै भुर्तेल निर्वाचित भएका हुन् । भुर्तेलले ३८० मत प्राप्त गर्दा लामाले २९९ मत प्राप्त गरेका थिए ।
यस्तै, उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र उपसचिव (महिला) मा सुर्यमाया दनुवार निर्वाचित भएका छन् ।