ग्रामथान गाउँपालिका अध्यक्ष गच्छदारको निधन

तु खबर संवाददाता
२०८१ असार ४,सोमबार १६:४२

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । अध्यक्ष गच्छदारको सोमबार दिउँसो निधन भएको हो ।

नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीका चार महिनाअघि भएको राष्ट्रिय सभा निर्वाचनका लागि विराटनगर आएका उनी १० माघमा ब्रेन ह्यामरेज भएर थलिएका थिए ।

गच्छदार स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए ।