मकवानपुरका वाईबा पक्राउ

तु खबर संवाददाता
२०८१ असार ५,मंगलवार १०:१४

मकवानपुर । कर्तब्य ज्यान मुद्दामा फरार मकवानपुरका सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाईबा पक्राउ परेका छन् ।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर १ नयाँगाउँ बस्ने ६१ वर्षीय वाईबालाई असार २ गते आइतबार आफ्नै घरबाट पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, वि.सं.२०६१ जेठ ३ गते नयाँगाउँमै काठमाडौं–३५ बस्ने ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई कुटपिट गरेर साथमा रहेको नगद ५० हजार लुटेर निजलाई भीरबाट लडाएर हत्या गरेका थिए ।

सोही मुद्दामा जिल्ला अदालत मकवानपुरले वाईबालाई वि.सं.२०७० सालमा कर्तब्य ज्यान मुद्दामा १६ वर्ष कैद सजाय र ३ लाख जरिवाना तोकेको थियो ।

पक्राउ परेका उनलाई कैद भुक्तानका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।