छाउगोठमा बसेकी किशोरी बलात्कृत

तु खबर संवाददाता
२०८१ असार ६,बुधबार ०९:११

काठमाडौँ । अछाममा छाउगोठमा बसेकी १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । मंगलबार बेहोस् अवस्थामा भेटिएपछि प्रहरीले आवश्यक अनुसन्धान गर्दा किशोरीमाथि बलात्कार भएको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी सन्तोष पाठकले किशोरीलाई छाउगोठमा बेहोस् अवस्थामा भेटेपछि उद्दार गरेर अस्पताल लगिएको बताए ।

उपचारपछि किशोरीले आफूमाथि जबरजस्तीकरणी भएको बयान दिएकी छिन् । उनको बयानका आधारमा जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय किशोरलाई पक्राउ गरिएको डीएसपी पाठकले बताए ।