गर्मीका कारण भारतको यूपीमा एकैदिन १७१ जनाको मृत्यु

तु खबर संवाददाता
२०८१ असार ६,बुधबार १०:११
सांकेतिक तस्वीर

नयाँ दिल्ली । अत्यधिक गर्मीका कारण भारतको उत्तर प्रदेश (यूपी) मा मंगलबार एकैदिन १७१ जनाको मृत्यु भएको छ ।

गर्मीका कारण बुन्देलखण्ड र कानपुरमा मंगलबार ६२ जनाको मृत्यु भएको छ । यीमध्ये बांदामा १३, फतेहपुरमा १२, कानपुरमा ११, हमीरपुरमा १०, चित्रकूटमा आठ, महोबामा पाँच र इटावामा तीन जनाको मृत्यु भएको छ ।

यस्तै, अवध जिल्लामा पनि गर्मीले ६ जनाको मृत्यु भएको थियो । जसमध्ये बाराबंकीमा एक होमगार्ड, एक रेल यात्री र एक सेवानिवृत्त कर्मचारी रहेका छन् । अमेठीमा एक वृद्ध, गोंडामा एक वृद्ध र रायबरेलीमा एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।

पूर्वाञ्चलका ९ जिल्लामा ६४ जनाको मृत्यु भएको छ । जसमा मिर्जापुरमा १५, वाराणसीमा १८, बलियामा १२, गाजीपुर र चन्दौलीमा सात–सात, सोनभद्रमा दुई, आजमगढ, भदोही र माउमा एक–एक जनाको गर्मीका कारण मृत्यु भएको छ ।

बज्र क्षेत्रमा पनि मंगलबार एकैदिन १३ जनाको गर्मीका कारण मृत्यु भएको छ । फिरोजाबामा सात, मैनपुरीमा तीन, आगरामा दुई र मथुरामा एक जनाको मृत्यु भएको थियो ।

बरेली, लखीमपुर खिरीमा पनि एक–एक जनाको मृत्यु भएको छ । प्रयागराज र आसपासको क्षेत्रमा २० जना र गोरखपुर–बस्ती क्षेत्रमा ४ जनाको गर्मीका कारण मृत्यु भएको जनाइएको छ ।–एजेन्सी