संसद भवनभित्र गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान

तु खबर संवाददाता
२०८१ असार ६,बुधबार १०:४२

काठमाडौं । संसद् भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत भेटिएका छन् ।

प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत भेटिएका हुन् ।

मेलुङ गाउँपालिका–४ घर निवासी २२ वर्षीय गोलेको शव सिभिल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

उनी नेपाल प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी भई संघीय संसद सुरक्षा बेस नयाँबानेश्वरमा कार्यरत थिए ।

आज बिहान उनको ड्युटी ६ बजेदेखि बिहान १० बजेसम्म थियो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।