आज मन्त्रिपरिषद् बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार, मन्त्रिपरिषद्को बैठक सामान्यतया साताको सोमबार र बिहीबार बस्ने गर्दछ । यो साता सोमबार नबसेको बैठक शुक्रबार बस्न लागेको हो ।
आजको बैठकले रिक्त ११ देशका राजदूत नियुक्तिका लागि सिफारिस गर्ने कार्यसूची रहेको छ । बिहीबार बेलुका प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेले राजदूत भागबन्डा टुग्यएका थिए ।
जसअनुसार एमालेले ८, रास्वपाले २ र माओवादीले एक राजदूत पाउने बताइएको छ ।