७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्दै बुद्ध एयर
![](https://www.tukhabar.com/wp-content/uploads/2024/06/buddha_airlinces.webp)
चितवन । बुद्ध एयरले ७२ सिटे जहाजबाट काठमाडौं–भरतपुर उडान गर्ने भएको छ ।
धावनमार्ग छोटो भएका कारण विगतमा ४२ सिटे जहाजबाट उडान गर्दै आएको बुद्धले अब ७२ सिटे जहाजबाट उडान गर्ने भएको हो ।
बुद्ध एयर भरतपुरका प्रबन्धक भक्तबहादुर बस्नेतले एक सातापछि ठुलो जहाज सञ्चालन गर्ने तयारी रहेको बताए ।
गत साता श्री एयरले काठमाडौं–भरतपुर ८० सिटे जहाजको परीक्षण उडान गरिसकेको छ ।
ठूला जहाज सञ्चालन भएसँगै हवाई भाडा घट्ने जनाइएको छ । साना जहाज उडान हुँदा एकतर्फी भाडा रु चार हजार सात सय भन्दा बढी रहेको प्रबन्धक बस्नेतले बताए ।