हेटौंडा सिमेन्टको पुनः उत्पादन सुरु

तु खबर संवाददाता
२०८१ असार ११,सोमबार ०८:५८
file-photo

मकवानपुर । झण्डै साँढे तीन महिनादेखी बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन सुरु भएको छ । उक्त उद्योगले आइतबारबाट सिमेन्टको पुनः उत्पादन सुरु गरेको हो ।

सो उद्योगको आगो बाल्ने भट्टीको साथै केही उपकरणहरु समेतको मर्मत सम्भार गर्नको लागि उक्त समयमा उद्योगले २ हप्ताको लागि उत्पादन बन्द गरिएको थियो ।

२ हप्ताका लागि उत्पादन बन्द गरेको सो उद्योगबाट अवकाश पाएका कर्मचारीहरुले आफुले पाउने उपदान र औषधी उपचार खर्चको एकमुष्ठ रकम सो उद्योगले भुक्तानी नगरेको भनि ती कर्मचारीहरुले उद्योगमा लामो समयसम्म हड्ताल जारी राखेकोले सिमेन्टको उत्पादन सुचारु गर्न ढिला भएको उद्योगका नायव महाप्रवन्धक नविन कुमार कर्णले जानकारी दिए ।

उद्योगमा अहिले पटक–पटक गरि करिब ४ हजार ५ सय मेट्रि«क टन कोईला बोलपत्रद्घारा आह्वान गरि आपूूर्ती गरिरहेकोले अब नियमित उत्पादन हुने उनले बताए ।

सो उद्योगमा केही महिना अघि पनि आर्थिक संकटको कारणवाट कोईला खरिद गर्न कठिनाई हुँदा पटक–पटक सिमेन्टको उत्पादन बन्द हुँदै आएको थियो ।

सो उद्योगमा अहिले पटक-पटक गरी एक लाख पचास हजार बोरा सिमेन्ट मौज्दात रहेको पनि सो उद्योगका व्यवस्थापनले जनाएको छ ।