बागमती प्रदेश सभाको बैठक भोलि बस्ने

तु खबर संवाददाता
२०८१ असार ११,सोमबार ०९:१४

मकवानपुर । बागमती प्रदेश सभाको बैठक भोलि असार ११ गते मंगलबार बस्ने भएको छ । बैठक संसद् सचिवालयको भवनमा बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।

उक्त बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१–०८२ लागि विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (कर बाहे्क) विधेयकमा छलफल गरिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।

प्रदेश सभाको बैठक यसअघि गत असार ७ गते बसेको थियो । सो बैठकमा बजेट सम्बन्धि छलफल सम्पन्न गरी सभामुख भुवन कुमार पाठकले असार ११ गतेको लागि बैठक आह्वान गरेका थिए ।