कर्मचारी सरुवा सम्बन्धि कार्य स्थगित

तु खबर संवाददाता
२०८१ असार ११,सोमबार १०:११

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा सम्बन्धि कार्य तत्काललाई स्थगन गरेको छ ।

मन्त्रालयले एक सूचना जारी गरी अर्को प्रकाशन नभएसम्मका लागि कर्मचारी सरुवासम्बन्धी कार्य स्थगित गरेको जानकारी दिएको हो ।

कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवासम्बन्धी मापदण्ड तयारी कार्य गर्नुपर्ने भएको भन्दै असार ६ गते नेपाल सरकार सचिव बैठकले हाल उक्त कार्य स्थगित गर्ने निर्णय गरेको र मन्त्रालयले सो अनुरुप सूचना प्रकाशन गरेको जनाइएको छ ।

पछिल्लो समय पहुँच र भनसुनका आधारमा मनमौजी सरुवा हुँदा प्रशासनिक काम कारवाहीसमेत प्रभावित हुँदै आएको भन्दै आलोचना भइरहेको थियो ।