मकवानपुरमा जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी

तु खबर संवाददाता
२०८१ असार १२,मंगलवार ०९:२५
file-photo

मकवानपुर । मकवानपुरमा सोमबार जंगली च्याउ खाँदा एकै परिवारका चार जना बिरामी भएका छन् ।

जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्वर ८, लाचेमा जंगली च्याउ खाँदा एकै परिवारका ४ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिरामी हुनेहरुमा स्थानीय २१ वर्षीय भुवल प्रजा, उनको श्रीमती २१ वर्षीया रँतिमाया प्रजा, छोरा ३ वर्षीय समिक प्रजा र भुवलका भाई १८ वर्षीय पूर्ण प्रजा रहेका छन् ।

च्याउ खाएर बिरामी भएका चारै जनालाईचितवनको भरतपुरस्ति सरकारी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

जिल्लाको राक्सिराङ गाउँपलिका वडा नम्वर ७ मा आइतबार मात्रै जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको थियो भने चार जना बिरामी भएका छन् । च्याउ खाएर बिरामी भएका उनीहरुको पनि सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।