प्रतिनिधि सभाबाट विनियोजित बजेट पारित

२०८१ असार १२,मंगलवार १५:४९

काठमाडौं । प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्ष २०८१–०८२ को विनियोजित बजेट पारित भएको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकबाट बजेट बहुमतले पारित भएको हो ।
बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो ।
सरकारको तर्फबाट अर्थमन्त्री पुनले गत जेठ १५ गते संसदमा बजेट प्रस्तुत गरेका थिए ।