बागमती प्रदेश सभा बैठक आज पनि बस्दै, बजेटमाथि छलफल हुने
मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बस्ने गरी बोलाइएको हो ।
बिहान ११ः३० बजे बस्ने गरी आह्वान गरिएको उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूची रहेको छ ।
बैठकमा मन्त्रालयगत बजेट कार्यक्रममाथि सांसदहरुले आ–आफ्नो धारणा राख्ने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले जानकारी दिए ।
यसअघि मंगलबार बसेको प्रदेश सभा बैठकमा विभिन्न ५ वटा मन्त्रालयको बजेटमाथि छलफल भएको थियो । आजको बैठकमा बाँकी मन्त्रालयको बजेटमाथि छलफल हुने उनको भनाई छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि असार १ गते बजेट सार्वजनिक गरेको थियो ।