यी प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
![](https://www.tukhabar.com/wp-content/uploads/2020/04/tukhabar-icon.png)
२०८१ असार १५,शुक्रबार ०८:५१
![](https://www.tukhabar.com/wp-content/uploads/2018/07/barsha.jpg)
काठमाडौं । मौसमम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार, मनसुनी वायुको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै, आज कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेकोले छ ।
ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैलाई आग्रह गरेको छ ।