बाबुरामको टिप्पणीः सबैलाई सधैँभरि ठग्न सकिँदैन

तु खबर संवाददाता
२०८१ असार १९,मंगलवार १६:२९
file-photo

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सबैलाई सधैँभरि ठग्न नसकिने टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै उनले नेकपा माओवादी केन्द्रतर्फ इङ्गित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति इङ्गित गर्दै लेखेका छन्, ‘चर्चित भनाइ छ – ‘केहीलाई सधैँभरि ठग्न सकिन्छ; सबैलाई केही बेर ठग्न सकिन्छ; तर सबैलाई सधैँभरि ठग्न सकिन्न। सन्दर्भ बुझौँ !’

दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सोमबार मध्यरातमा नयाँ सरकार गठनका लागि सहमति भएको हो । सहमति अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनको तयारी सुरु गरिएको छ । त्यस्तै संविधान संशोधनको विषयलाई पनि प्राथमिकता दिइएको छ ।