निगमका जहाज मर्मतबारे छानबिन गर्न समिति गठन
![](https://www.tukhabar.com/wp-content/uploads/2020/09/udhyan-pradhikarn.jpg)
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका जहाजहरूको इन्जिन मर्मत सम्बन्धी छानबिन गर्न समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १८ गतेको मन्त्रिस्तरीय निर्णयबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो ।
निगमले वाइडबडी जहाज ३३० को सी–चेकका लागि इटाली पठाएको छ । न्यारोबडी जहाजको इन्जिन मर्मत गर्न इजरायल पठाएको थियो । यी दुवै निर्णय विवादित भइरहेको छ ।
उक्त समितिमा प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमन, एक जना चार्टर्ड एकाउन्टेन्ट, एक जना कानुन विज्ञ रहनेछन् ।
मन्त्रालयका अधिकृत सुवर्णराज भट्टराईलाई सदस्य सचिव तोकिएको छ । सो समितिले १५ दिनभित्र दुवै जहाजका इन्जिन मर्मतबारे भएका निर्णयहरू अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनसपर्नेछ ।