घरभित्र जमेको पानीमा डुबेर शिशुको मृत्यु
धनगढी । कञ्चनपुरमा आइतबार घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका–१ को पहरियास्थित एक घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खसेको र भुइँमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो ।
उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान जारी रहेको जनाएको छ ।