दिउँसो २ बजे माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ असार २७,बुधबार ११:३९
पुरानो तस्बिर : तु खबर डटकम

काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पछिल्लो विकसित राजनीतिक घटनाक्रम, विश्वासको मत लगायतका विषयमा बैठकमा छलफल हुनेछ ।

नेकपा एमाले र नेपाली कांग्रेसबिच सत्ता सहकार्य गर्ने समझदारी भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमत परेसँगै प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिँदै छन् ।