हेटौंडास्थित सडक डिभिजन कार्यालयमा तालाबन्दी
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडास्थित सडक डिभिजन कार्यालयमा ताला तालाबन्दी गरिएको छ ।
बक्यौता रकम भुक्तानीको माग गर्दै निर्माण व्यावसायी संघ मकवानपुरले शुक्रबार हेटौंडास्थित सडक डिभिजन कार्यालयको मुख्यद्वारमा ताला लगाएको हो ।
सडक डिभिजन कार्यालय अन्तर्गत भएका ठेक्का सम्झौताको निर्माण कार्य सकिँदा समेत रकम समयमै भुक्तानी नदिएको भन्दै संघले ताला लगाएको हो ।
सडक डिभिजन कार्यालयका कर्मचारीहरु कार्यालय भित्रै रहेको अवस्थामा संघले मुख्यद्वारमा ताला लगाएका हुन् ।
मकवानपुरमा मात्रै विभिन्न निर्माण व्यवसायीको करिब ४० करोड रुपैयाँ भन्दा बढि रकमको भुक्तानी बाँकी रहेको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिए ।
यथाशीघ्र भुक्तानी नभएमा थप शसक्क्त आन्दोलन गर्ने निर्माण व्यवसयीले चेतावनी दिएका छन् ।