रोटरी क्लब अफ हेटौंडाको नयाँ कार्यसमितिद्वारा पदस्थापन

तु खबर संवाददाता
२०८१ असार ३१,आईतवार १०:०६

मकवानपुर । रोटरी क्लब अफ हेटौंडाको वर्ष २०२४–२०२५ का लागि नयाँ नेतृत्वसहितका कार्यसमितिको पदस्थापन गरिएको छ ।

रोटरी क्लब अफ हेटौंडा ३२ वर्ष पुरा गरी ३३ वर्ष लागेको अवसरमा नयाँ नेतृत्वको पनि सपथग्रहरण गरेर पदस्थापन गरिएको हो ।

रोटरी क्लब अफ हेटौंडाको अध्यक्षमा प्रकाश ढकाल र कार्यसमितिको पदस्थापन भएको हो । शनिबार हेटौंडामा भएको कार्यक्रमबाट रोट्रयाक्ट क्लब अफ हेटौंडा र इन्ट्रयाक्ट क्लब अफ बालजागृतिको पनि पदस्थापन गरिएको छ ।

क्लबको वर्ष २०२३–०२४ का अध्यक्ष स्वागतराज प्याकुरेलको सभाध्यक्षता तथा रोटरी डिष्ट्रिक्ट ३२९२, जोन ३६ का ए.जी.रो विष्णुप्रसाद शर्माको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम भएको हो ।

क्लबको इलिक्ट अध्यक्षमा प्रमेश प्रधान, नोमिनी अध्यक्षमा अर्जुन सुवेदी, उपाध्यक्षमा हरिवंश भेटवाल, सचिवमा उमाप्रसाद रौनियार र कोषाध्यक्षमा रोशन सेन गुप्ता रोटरी वर्ष २०२४–०२५ का लागि चयन भएका छन् ।

एक वर्षका लागि अध्यक्षमा निर्वाचित ढकालले एक वर्षको कार्ययोजनाका बारेमा जानकारी गराएका थिए ।