कर्णालीमा भोलि सार्वजनिक विदा

तु खबर संवाददाता
२०८१ असार ३२,सोमबार ०८:४४

सुर्खेत । कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक विदा दिएको छ । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा भोलि प्रदेशभर सार्वजनिक विदा दिइएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक विदाको घोषणा गरेको हो ।

सो मन्त्रालयले गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक विदाको घोषणा गरेको हो ।