भारतीय प्रधानमन्त्रीद्वारा ओलीलाई बधाइ

तु खबर संवाददाता
२०८१ असार ३२,सोमबार १४:५५
file-photo

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाइ दिएका छन् ।

सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मा मोदीले ओलीलाई बधाई दिएका हुन् । उनले ओलीको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

मोदीले लेखेका छन्, ‘बधाई छ केपी शर्मा ओलीज्यू, नेपालको प्रधानमन्त्रीको रुपमा तपाईको नियुक्तिमा । हाम्रा दुई देशबिचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र हाम्रा जनताको प्रगति र समृद्धिका लागि पारस्परिक लाभकारी सहयोगलाई अझ विस्तार गर्न नजिकबाट काम गर्न तत्पर छौँ ।’