नेप्से ७०.१८ अंकले बढ्यो

तु खबर संवाददाता
२०८१ श्रावण १,मंगलवार १५:३७
file-photo

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार ७० दशमलव १८ अंकले बढेको छ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको भोलिपल्ट शेयर बजारमा उत्साह छाएको हो ।

सेयर बजारमा उत्साह छाएको आज २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता सेयर किनेबच भएको छ भने ९ अर्ब १८ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।

यस्तै, आज नेप्से २ हजार ३१० दशमलव ५९ को बिन्दुमा पुग्दा ५ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने तीन वटा कम्पनीको सेयर १० प्रतिशतले घट्न पुगेको जनाएको छ ।

पौडेल सोमबार केपी ओली नेतृत्वको सरकारमा सहभागी भई अर्थमन्त्रीमा नियुक्ती भएका थिए । उनले सोमबार नै पदभार ग्रहण गरेका थिए् ।