सिमलताल पहिरोः १७ जना शव भेटियो, १२ को सनाखत
काठमाडौं । चितवनको सिमलतालस्थित पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बसका यात्रुमध्ये १७ जनाको शव भेटिएको छ ।
केही दिनदेखि बेपत्ता बस र यात्रुमध्ये १७ जनाको शव भेटिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार, तीमध्ये बुधबार बिहानसम्म १२ जनाको सनाखत भएको छ । बाँकी ३ पुरुष र २ महिला गरी ५ जनाको सनाखत हुन सकेको छैन ।
सनाखत भएकामध्ये गणपति बसका ७ जना रहेका छन् भने एन्जल बसका ४ जना रहेका छन् । एक जनाको बस यकिन भएको छैन ।
उनीहरूको विभिन्न स्थानमा सशस्त्र प्रहरीले शव फेला परेको हो । अन्य शव र बसको खोजी कार्य जारी रहेको जनाइएको छ ।
खोजी कार्यमा सबै सुरक्षा संयन्त्र र प्रविधिको प्रयोग गरिएको छ ।