चन्द्रागिरि केबलकार पुनः संचालन, अड्किएका सबैको उद्धार

तु खबर संवाददाता
२०८१ श्रावण २,बुधबार १६:१६
file-photo

काठमाडौं । विद्युत् प्रवाहमा समस्या देखिएपछि अवरुद्ध बनेको चन्द्रागिरि केबलकार पुनः संचालनमा आएको छ ।

दिउँसो करिब साढे १ बजेदेखि अवरुद्ध बनेको उक्त केबलकार पुनः संचालनमा आएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, केही बेरअघि केबलकार सुचारु गरिएको हो ।

केबलकार अवरुद्ध हुँदा ७५ जना यात्रुहरू अड्किएका थिए । उनीहरुलाई सकुशल उद्धार गरिएको जनाइएको छ ।