पूर्व प्रधानमन्त्री लोकेन्द्र चन्द अस्पताल भर्ना

तु खबर संवाददाता
२०८१ श्रावण २,बुधबार १७:४१

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्य समस्या देखिएपछि उनलाई बुधबार वीर अस्पताल भर्ना गरिएको हो ।

पिसाबमा सङ्क्रमण देखिएपछि परीक्षणका लागि अस्पताल पुगेका उनलाई डेङ्गु र टाइफाइड देखिएपछि भर्ना गरेको राप्रपा सचिवालय सदस्य केशवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, चन्दको अस्पतालको भीभीआइपी कक्षमा उपचार भइरहेको छ ।