राष्ट्र बैंकले गर्यो ८ बैंक तथा वित्तीय संस्थालाई कारबाही

तु खबर संवाददाता
२०८१ श्रावण ३,बिहीबार ०९:२३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आठ बैंक तथा वित्तीय संस्थाहरुलाई काराबाही गरेको छ ।

गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा पाँच वटा विकास बैंक र तीन वटा फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, सिध्नु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् ।

यसैगरी, वेष्ट फाइनान्स, रिलायन्स फाइनास र प्रोग्रेसिभ फाइनान्स पनि केन्द्रीय बैंकको कारबाहीमा परेका छन् ।

केन्द्रिय बैंकको निर्देशन बमोजिम अनिवार्य मौज्दात कायम नगरेकोले ती बैंक र वित्तीय संस्था कारबाही गरिएको जनाइएको छ ।