बाढी, पहिरो लगायतका विपदमा परी १२५ जनाको मृत्यु
काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा बाढी, पहिरो लगायत विपद्को विभिन्न घटनामा परेर १२५ जनाको मृत्यु भएको छ ।
गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २२ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना रहेका छन् ।
साथै विपद्को विभिन्न घटनामा परी सो अवधिमा १४३ जना घाइते भएका छन् । विपदमा परी कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३३ जना र सुदूरपश्चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४३ जना घाइते भएका हुन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।
यस्तै, सो अवधिमा विपदमा परेका ५३ जनाको उद्दार गरिएको छ भने ८ जना बेपत्ता भएका छन् । बेपत्ता उनीहरुको खोजी कार्य जारी जनाइएको छ ।