राष्ट्रिय सभा बैठक आह्वान
काठमाडौं । संघीय सांसदअन्तर्गत आज बस्ने गरी राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । बैठक संघीय संसद् भवन बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो ।
आज दिउँसो सवा १ बजेबाट सुरु हुने गरी बोलाइएको बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यसैगरी, सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९–०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको जनाइएको छ ।